पूर्वआईजीपी अर्याल पनि अकुत सम्पत्तिमा तानिए, १३ पन्ने भराइयो
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग आयोगले छानविन थालेको छ । पूर्वआईजीपी अर्यालमाथि अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन थालेको हो । यसका लागि अख्तियारले उनलाई सम्पत्ति विवरण (१३ पन्ने) भराएको छ ।
स्रोतका अनुसार पूर्वआईजी अर्यालले भ्रष्टाचार गरेको केही प्रमाण फेला परेकाले उनलाई १३ पन्ने भराइएको हो । ‘हामीले केही प्रमाण फेला पारेकाले उनीलाई बोलाएर नै १३ पन्ने भराएका हौं,’ स्रोतले भन्यो, ‘पहिले सम्पत्ति विवरणबारे अध्ययन गर्छाैं, त्यसपछि आगामी कदम अघि बढाउने छौं ।’ अर्यालले ९ महिनाअघि गत ३ फागुनमा आईजीपीबाट अवकाश पाएका थिए ।