भारत हुँदै कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, एक दलाल समातिए
कपिलवस्तु । विभिन्न प्रलोभन देखाई भारत हुँदै कुवेत लैजान लागिएको अवस्थामा दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ। सो क्रममा सीमा पार गराउन लागेका एक बिचौलियालाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मी रहेका छन्। उनीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए।
केआई नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरेको हो।