अपराध सुरक्षा

६१ करोड अनियमितताका आरोपी पक्राउ

६१ करोड अनियमितताका आरोपी पक्राउ

काठमाडौ । ६१ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएपछि गत वैशाखदेखि फरार रहेका यातायात कार्यालय कोसीका लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन् ।

उनलाई आइतबार काठमाडौंको रानीबारीबाट पक्राउ गरिएको हो । उनीविरुद्ध गत असार ४ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । यातायात कार्यालयमा अनियमितता गरेको अर्को छुट्टै आरोपमा उनी पक्राउ परेका हुन ।

२०६७ फागुनदेखि उक्त कार्यालयमा काम गर्दै आएको उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजश्व रकम कम्प्युटरमा गलत डाटा इनट्री गरेर हिनामिना गरेको अख्तियारको दाबी छ ।

कान्तिपुर

विशेष