अर्थ

मुकेश अम्बानी भन्दा पनि धनी यी भारतीय, जसले गुमाए दुई वर्षमा १० दशमव ६ अर्ब डलर

मुकेश अम्बानी भन्दा पनि धनी यी भारतीय, जसले गुमाए दुई वर्षमा १० दशमव ६ अर्ब डलर


नयाँ दिल्ली । भारतको चर्चित सन फर्माका सं‌स्थापक दिलिप सांघबी दुई वर्ष अघिसम्म रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी भन्दा पनि धनी थिए ।तर दुई वर्षको छोट समयमै १०.६ अर्ब अमेरिकी डलर गुमाएपछि सांघवी भारतको धनीको सूचीबाट झरेर छैटौँ स्थानमा खुम्चिएका छन् ।

मुकेश अम्बानी अहिले पनि २९.७ अर्ब डलर (१.९३ लाख करोड भारतीय रुपैयाँ) को सम्पत्तिसहित देशको सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् । स्टक एक्स्चेन्जमा सन् फर्माको भाउमा भारी गिरावट आएपछि तीन महिनामा सांघवीको कारोबारमा २६ हजार करोड रुपैयाँले कमी आयो । यसक्रममा कम्पनीको मूल्यमा पनि एकचौथाई गिरावट आयो ।

सन् फर्माको स्टकमा यो गिरावट युएसएएफडीए रेग्युलेटरी, अमेरिकामा जेनेरिक दबाईको मूल्यमा भारी गिरावट तथा अमेरिकी बजारमा प्रतिस्पर्धा तीब्र भएका कारण आएको हो । ग्‍लोबल हेल्थ केयर इन्डस्ट्रीमा दिलिप सांघवी विश्वका तेस्रा सबैभन्दा धनी व्यक्ति हुन् । सांघवीको कुल कारोबार ११.१ अमेरकी डलर रहेको छ ।

उनी भन्दा अघि पहिलो नम्बरमा फर्मा कम्पनी स्ट्यालरजिनेस ग्रीर पिएलसीका मालिक एर्नेस्टो ब्रटारेली कुल कारोबार १५.५ अर्ब डलरसहित रहेका छन् । त्यसैगरी दोस्रोमा ड्रगस्टोर चेल वेलग्रिन्स बुस्टन एलायन्स इन्कका सीईओ स्टेफनो पेसिना १३.३ अर्ब डलरसहित रहेका छन् ।

ग्लोबल ब्लुमबर्ग बिलियनर इन्डेक्समा सांघवी १२ औँ स्थानमा छन् । जबकि एसिया प्रशान्त क्षेत्रमा ३०औँ सबैभन्दा धनी व्यक्ति हुन् ।

ब्लुमबर्ग बिलेनियर इन्डेक्सको सूचीमा सांघबीको ११.१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित छैटौँ स्थानमा रहेका छन् । पलुनजी मिश्र्त्री १५.४ अर्ब अमेरिकी डलर आम्दानीसहित देशका दोस्रो सबैभन्दा धनी व्यक्ति रहेका छन् ।

अर्कातिर लक्ष्मी मित्तल १४.९ अर्ब अमेरिकी डलरसहित चौथोमा, अजीम प्रेमजी १३.१ अर्ब अमेरिकी डलरसहित पाँचौ स्थानमा रहेका छन् ।

विशेष