चरेससहित युक्रेनी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम चरेससहित एक युक्रेनी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौँबाट जेट एयरवेजको उडानद्वारा मुम्बई हुँदै युक्रेन जान लागेका युक्रेनी नागरिक वलेक्सि लोलेन्कोको सुटकेश जाँच गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार सुटकेसभित्र रहेको जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई उनले चरेस लैजान लागेका थिए ।
nepal airport ukraine