अर्थ

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

घरजग्गा किनबेचमा अर्बौं राजस्व छली

काठमाडौं । सरकारले अनलाईनमार्फत घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाईनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो ।

मुलुकभरका घरजग्गाका कारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारानी गरिएपछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।

यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौं राजस्व छली हुँदै आएको देखाएको हो ।

नागरिक

विशेष