अपराध सुरक्षा

पत्नीपीडित पतिहरू घर न घाटको

पत्नीपीडित पतिहरू घर न घाटको

बाँके । बाँके, सीतापुरकी माया मगरको फेसबुक साथीसँग लभ पर्‍यो । आफ्ना दुई सन्तान अनि श्रीमानको माया मार्दै उनी २०७४ वैशाख १३ गते काठमाडौं बस्ने उक्त पुरुष साथीको साथ लागिन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्— पत्नीले माया मार्न खोजे पनि पतिले माया मार्न सकेनन् । विदेशबाटै उजुरी गरे । २ छोरा–छोरी कसले पाल्ने समस्या भयो । जस्तो भए पनि घर ल्याइदिन श्रीमान्ले गरेको आग्रहअनुरूप प्रहरीले मायालाई फर्काएर घर पुर्‍याएदियो ।

बाँके, वेतहनीका महेशले पत्नीबाट मानसिक यातना पाएको भन्दै चैत २८ गते उजुरी गरे । उता सुर्खेत भेरीगंगा नगरपालिकाका तिलक खत्री ३१ वर्षीया पत्नीले अकैसँग सम्बन्ध राख्दै आएको थाहा पाउँदासमेत सहनुपरेको बताउँछन् । कोहलपुरका गजेन्द्रले विदेशबाट घर फर्कंदा पत्नी र कमाइ गरेको पैसा गुमाइसकेका थिए । उनले प्रहरीमा उजुरी गरे ।

पत्नीपीडितका यस्ता धेरै उजुरी आउँछन् । त्यसको पछाडि एउटै काररण देखिन्छ— यौन । प्रहरी उपरिक्षक राई भन्छन्— शारीरिक सन्तुष्टि पूरा गर्न लोग्नेलाई धोका दिनेहरू बढेका छन् ।

भतभती पोल्ने गर्मीमा पसिना बगाएर कमाएको सबै पैसा लिएर गई, पाँच वर्षपछि सउदी अरेबियाबाट घर फर्किएका पत्नीपीडित वीरबहादुर घर्ती नाम परिवर्तन भन्छन्— उताबाट पठाएको पैसा पनि लगी, घर पनि लथालिंग बनाएर छाडी ।

कहिले बिरामी भए, पैसा चाहियो भन्थी । कहिले ब्याज बढ्छ, ऋण तिरौं, पैसा पठाइदिनु भन्थी, पत्नीले धोका दिँदै गएको पत्तै नपाएका घर्तीले भने— धेरै विश्वास गरेको थिएँ, विश्वासघात गरी । कमाएको १२ लाख रुपैयाँ गुमाएका घर्ती अहिले आफू घर न घाटको भएको बताउँछन् । न्याय खोज्न कहाँ जाने रु उनी अन्योलमा छन् ।

घर–जग्गा घितो राखेर पत्नीले अर्कै केटासँग विवाह गरेपछि मलेसियाबाट फर्किएका नवीन शाह ९नाम परिवर्तन० को सपना पनि चकनाचुर भएको छ । सात वर्षको एउटा छोरो छाडेर हिँडी । भएको पैसा पनि लगी,’ शाहले साप्ताहिकलाई बताए ।

घर्ती र शाह उदाहरण मात्र हुन् । उनीहरूजस्ता पीडितको संख्या बढ्दै गएको प्रहरी उपरीक्षक राई बताउँछन् ।

पत्नीपीडित पतिहरूको संख्या थपिँदै गए पनि धेरैजसो घटना सार्वजनिक हुँदैनन् । सामाजिक कारणले निकै कम लोग्नेहरू पत्नीपीडित भएको उजुरी लिएर प्रहरीसमक्ष पुग्छन् ।

लोग्ने विदेश बसेका बेला अर्कोसँग जाने, फर्किएपछि फेरि पुरानै लोग्नेसँग आउने र त्यही कारणले झगडा हुने उजुरीहरूसमेत प्रहरीले दर्ता गर्ने गरेको छ । कति पुरुष त छोराछोरी र पैसा मात्र फिर्ता पाए हुन्छ भन्दै उजुरी लिएर प्रहरीकहाँ पुग्छन् ।

पत्नीपीडितहरूको उजुरी दर्ता गरे पनि बिक्री गरिएको र लुकाइएको सम्पत्ति फिर्ता गराउन प्रहरीलाइ निकै समस्या हुने गरेको छ । प्रमाण जुटेसम्म त फिर्ता गराउँछौं । धेरैले त छोराछोरी पढाउँदा खर्च भयो भनेर पैसा लुकाएको पाइन्छ ।

प्रहरीको अभिलेखअनुसार एक वर्षयता पत्नीबाट पीडित भएको भन्दै १ सयभन्दा बढीले उजुरी गरेका छन् । जबकि एक वर्षयता ३ सयभन्दा बढी घरेलु हिंसापीडित महिलाको उजुरी

प्रहरीले दर्ता गरेको छ । तीमध्ये पारिवारिक त्रासका कारण ७८ जना त प्रहरीको सम्पर्कमै आउन चाहेनन् । पुरुषपीडित महिलाका पक्षमा धेरैले अवाज उठाउँछन् तर महिलापीडित पुरुषको पीडा बुझने कमै छन्, —एक प्रहरी अधिकृतले साप्ताहिकलाई बताए ।

 

विशेष