अपराध सुरक्षा

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

झापा । पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए ।

उनलाई बुधबार नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । पेट दुखेर अस्पातल पुर्‍याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए ।

कात्तिक ४ गते छिमेकी ६ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए । 

विशेष