बौद्धमा बालिका बलात्कृत, एक पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
दुबैजनाको स्वास्थ्य परीक्षण गराउन अस्पताल लैजानुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।