अर्थ

झापाका जनतालाई तथानाम भन्ने यी कस्ता सिइओ

झापाका जनतालाई तथानाम भन्ने यी कस्ता सिइओ

झापा । यूनाइटेड इन्स्योरन्सका सिइओ(प्रमुख कार्यकारी अधिकृत) शेखर बरालले झापाली नागरिकलाई फेसवुकमार्फत तथानाम गाली गरेका छन् ।
चुनावी परिणामलाई लिएर सिइओ बरालले झापालीलाई लक्षित गर्दै तल्लो स्तरको शब्द प्रयोग गर्दै अाफ्नाे फेसवुक वालमा स्टाट्स पोस्ट गरेपछि उनको समाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा नेकपा माओवादी (केन्द्र)का उम्मेदवार राम कार्की विजयी भएपछि यूनाइटेड इन्स्योरेन्सका सिइओ बरालले त्यो क्षेत्रको मतदाताले न्याय नगरेको भन्दै तल्लोस्तरको शब्द समाजिक सञ्जालमा प्रयोग गरेका छन् ।

बरालले फेसवुकमा लेखेका छन्, ‘झापा १ का मतदाता जस्ता बैगुनी दूनियाँमा कोही पनि रहेनछ, देशभरिको परिणाम पहिल्यै नै पूर्वानुमान थियो । तर विश्व प्रकाशलाई न्याय गर्छन् भन्ने लागेको थियो । आफूलाई झापाली भन्न पनि लज्जाबोध गरायौं तिमीहरुले । धिक्कार छ तिमीहरुलाई । बिपत्ति पर्दा, अप्ठ्यारो पर्दा, जंगली हात्ती धपाउनु पर्दा विश्व प्रकाश, भोट चैं राम कार्की । थुइक्क ।’

झापाका क्षेत्र नम्बर १ का मतदातालाई लक्षित गरेर यूनाइटेड इन्स्योरेन्सका सिइओ बरालले समाजिक सञ्जालमा पोष्ट गरेको यी शब्दले आफूहरुको अपमान भएको भन्दै उनीहरुले तीव्र आक्रोस पोखिरहेका छन् । सिइओ बराल पनि झापा निवासी नै हुन् ।

विशेष