अपराध सुरक्षा

टिभिका रामले गरे बलात्कार, श्रीमती, बहिनी र आमाले पनि छोडे साथ

टिभिका रामले गरे बलात्कार, श्रीमती, बहिनी र आमाले पनि छोडे साथ

एजेन्सी । भारतका टेलिभिजनका प्रख्यात टिभि एक्टर पियूष सहदेब हालै एक मोडललाई बलात्कार गरेको अभियोगमा थुनामा परेका छन् । उनले एक यूवतीलाई जर्वजस्ती करणी गरेको कुरा चिकीत्सकको रिर्पोटमा उल्लेख गरेको छ । यस खबरले आक्रोशीत बनेका उनका परिवारका सदस्यहरुले अप्ठेरो समयमा साथ छोडेको भारतीय मिडियाहरुले लेखेका छन् ।


उनको सोनी टिभिमा आउने ‘बेहद’ र जि टिभिमा आउने ‘सपने सुहाने लडकपनके ’ भारतमा अत्यधिक रुचाईएको सिरियल हो । खासगरी उनले लाईफ ओकेमा आउने ‘देवा की देब महादेब ’ भन्ने धार्मिक सिरियलमा रामको भूमिकामा अभिनय गरेका थिए र उनको खास परिचय पनि यहि भूमिकाले दिलाएको थियो ।


उनलाई यहि २७ नोमेम्वरमा प्रहरीले मुम्बई कोर्टमा दाखिला गरेको थियो ।

विशेष