अपराध सुरक्षा

चार महिनामा ४४ बालिका बलात्कृत

चार महिनामा ४४ बालिका बलात्कृत

काठमाडौं । बितेका चार महिनामा देशभर ४५ बालबालिका बलात्कृत भएको सञ्चार अनुगमनमा देखिएको छ । केन्द्रीय बालकल्याण समितिले साउनदेखि कात्तिकसम्म विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अनलाइनका समाचार अनुगमनका आधारमा तयार पारेको सञ्चार अनुगमन प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

त्यस अवधिमा ४४ बालिका र एक बालक यौन दुव्र्यवहारमा परेका छन् । ती घटनामध्ये चार बालिकामाथि सामूहिक बलात्कार भएको छ भने ४१ बालिका बलात्कृत भएका छन् । सबैभन्दा बढी चिनजानका व्यक्तिबाट १७ बालिका बलात्कृत भएका छन् ।

छिमेकीबाट १५ बालिका बलात्कृत भएका छन् भने दुई घरेलु श्रमिक बालिका घर मालिकबाट बलात्कृत भएको तथ्य सार्वजनिक भएको छ । एक बालिका प्रहरीबाटै बलात्कृत भएकी छिन् । आजको गोरखापत्रमा खबर छ ।

विशेष