अपराध सुरक्षा

नक्कली पेस्तोल सहित महिला पक्राउ

नक्कली पेस्तोल सहित महिला पक्राउ

काठमाडौं । नक्कली पेस्तोलसहित शुक्रबार प्रहरीले काठमाडौंमा महिलासहित दुई जनालाई पक्राउ गरेको छ।

टंकेश्वरबाट प्रहरीले अम्बिका श्रेष्ठ र उनका भाइ अनोज श्रेष्ठलाई पक्राउ गरेको हो । अम्बिका डेढ महिनाअघि डान्सर युवतीको विवादमा ठमेलमा गोली चलाउँदा पक्राउ परेका असुन गुरुङकी श्रीमती हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीले अम्बिका र अनोजलाई पक्राउ गरेको हो। कुनै अपराधिक उद्देश्यले उनीहरुले नक्कली पेस्तोल राखेको हुनसक्ने प्रहरी आशंका छ।

‘बाहिरबाट हेर्दा ठ्याक्कै सक्कली जस्तै देखिन्छ,’ कालिमाटी वृत्तका डिएसपी प्रदीप क्षेत्रीले भने,‘पक्राउ परेकामध्ये अनोजले धम्क्याउन पेस्तोल प्रयोग गरेको हुनसक्छ।’

अम्बिकाले उक्त पेस्तोल फाल्न भनेर लिएर हिँड्दा प्रहरीले पक्राउ गरेको हो। अम्बिकाका श्रीमान् हाल जेलमा छन् । ठमेलको हुक्का बारमा काम गर्ने युवतीलाई केही युवाले पिछा गरेपछि उनले गत कात्तिक ५ गते गोली हानेका थिए । गोली लागेर गोरखाका कल्याण गुरुङ घाइते भएका थिए । जुन मुद्दामा अदालतले उनलाई जेल चलान गरेको थियो ।

विशेष