अपराध सुरक्षा

यसरी प्रहरीको फन्दामा पर्यो चल्ला ग्याङ

यसरी प्रहरीको फन्दामा पर्यो चल्ला ग्याङ


काठमाडौं । उनीहरु समुहमा नेपाल प्रवेश गर्छन । काठमाडौंका सुकुम्बासी बस्ती बन्छ उनीहरुको ठेगाना । दिनभर कवाड खरिदकर्ताका भेषमा सहरका गल्ली–गल्ली र घरघर चर्हाछन । मौका पाए शौचालय जाने बहानामा घरभित्रै पस्छन । सूचना बटुल्छन । अन्य भन्दा महँगोमा कवाड खरिद गर्छन र फर्किन्छन ।

तर, राती र मौका पाए दिउसै उनीहरु निशानामा परेको घरमा छिर्छन । पल्लो घरका त के पल्लो कोठाकाले समेत थाह नपाउने गरि झ्याल ढोका फोडछन । घरमा भएका महँगा सबै सामान बटुल्छन र हुन्छन रफुचक्कर ।

लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भै रहेको एकै प्रकृतीको चोरीबाट हैरान प्रहरीले अन्तहः भारत बिहारबाट भित्रिएको ग्याङ अफ समस्तीपुरलाई आफुले बिछाएको बल्छीमा पारेको छ ।
महाशाखाको फन्दामा परेका छन भारत बिहार राज्यका दिनेश पोदार, मुकेश कुमार पोदार केतुल पोदार,चन्तन पोदार, सुरज पोदार, बिकास पोदार र राजकुमार अधिकारी । पक्राउमध्ये दुई जना पटके समेत रहेका छन ।

महाशाखाको अनुसन्धानमा भारतमा चोरी गर्ने समुह बनाई नेपाल आउने र गौशाला, तिलगंगा एरिया साथै बानेश्वर , सिनामंगल ऐरियामा रहेका सुकुम्बासी बस्तीहरुमा लुकुछिपि आश्रय लिई बस्ने गरेका थिए ।

विशेष