अपराध सुरक्षा

पपुवा न्युगिनी पठाइदिने भन्दै २७ लाख ठग्ने पक्राउ

पपुवा न्युगिनी पठाइदिने भन्दै २७ लाख ठग्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले २७ लाख ४५ हजार रुपैयाँ ठगी गरी फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र रु दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई सोमबार बाँसबारीबाट पक्राउ गरेको हो । पाण्डेले वेलकम इन्टरनेसनल एजुकेसन फाउण्डेसन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए ।

पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

papua new guinea

विशेष