अपराध सुरक्षा

नेपाली युवतीलार्इ भारतीय युवाद्वारा बलात्कार

नेपाली युवतीलार्इ भारतीय युवाद्वारा बलात्कार

दमौली कालिका मन्दिर दर्शन गर्न गएकी एक युवतीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिकविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरेको छ।

देवघाट गाउँपालिका घर भइ हाल दमौलीमा अध्ययनरत एक मुवथीमाथि भारत मोतीहारी निवासी २२ बर्षका रञ्जन यादवले गत कात्तिक २८ गते कालिका जंगल पार्कनजिकैको ठाँटीमा लगी बलात्कार गरेको प्रहरीको अभियोग छ।

मन्दिरमा गएकी युवतीलाई जबर्जस्ती ठाँटीमा लगेर यादवले बलात्कार प्रयास गर्दा ती युवतीले प्रतिकार गरेकी थिइन्। प्रतिकार गर्दागर्दै पनि कुटपिट गरी बलात्कार गरेको पीडित युवतीले बताइन्।

विशेष