पूर्व डिआईजी सिलवालविरुद्ध कीर्ते जहेरी दर्ता, सांसदबाट निलम्बनमा पर्ने
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व डिआईजी नवराज सिलवालविरुद्ध कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको हो । जाहेरी दर्तासँग उनी फरार अभियुक्त भएका छन् ।
डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले अनुसन्धान गरी कारवाहीको आदेश दिएको थियो । सर्वोच्चको फैसलाको पत्र पाए लगतै सिलवालविरुद्ध महानगरीय प्रहरी परिषरमा उजुरी दर्ता गरिएको हो । जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसगैँ सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् ।
हाल प्रहरी कीर्तेको विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिए लगतै जिल्ला अदालतमा मुद्दा दर्ता हुने महानगरीय प्रहरी परिषर काठमाडौंले जानकारी दिएको छ ।