साहित्य आज

कोमामा कांग्रेस, कोही घाम ताप्दै, कोही धारेहात लाउँदै

कोमामा कांग्रेस, कोही घाम ताप्दै, कोही धारेहात लाउँदै

काठमाडौं । वाम आँधीहुरीमा प्रतिनिधिसभाको चुनावमा देशभरि रुख ढले । २३ थान रुख मात्रै सही सलामत उभिएका छन् अहिले । रुख छाप कांग्रेस कोमामै गएको छ । बिरामी फर्केला कि नफर्केला भन्ने पनि ठेगान छैन । घाम ताप्दै कोही भन्छन्– पाँच वर्षमै फर्कन्छ । छाया हेरेर कोही भन्छन्– कहिल्यै फर्कंदैन । फर्कने र नफर्कने गलफत्ती चलिरहेकै छ ।

कांग्रेस कोमामा गएपछि कांग्रेसीहरु बिरामीजस्ता देखिएका छन् । कोही नुन खाएको कुुुखुराजस्तो झोक्राएका छन् । अनुहार बासी सागजस्तो ओइलाएको छ । रुख आफैँ ढलेको हो कि ढलाइएको हो भन्ने पनि होस छैन । कोही कसैसँग बोल्न पनि मन गर्दैनन् । बोलिहाले कोमामा जानुुमा एकले अर्कोलाई धारे हात लगाएका छन्, बस् १ लाल कुमालको नाममा मात्रै ‘लाल’ जोडिएको हो । भ्रमित नहुनूस्– कोमावालाकै हितैषी हो । ‘गेट वेल सुन’ कांग्रेस । –नेपाल साप्ताहिकबाट

 

विशेष