अपराध सुरक्षा

लागू औषध सहित भारतीय पक्राउ

लागू औषध सहित भारतीय पक्राउ


काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पुस ३ गते भारत मोतिहारी थाना रक्सौल घर भएका ३७ बर्षीय रमेश कुमारलाई बिभिन्न नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट प्रहरीले रमेशले चलाएको भारतीय नम्बर बिआर ५ टिएमपि २०१७-९७ को सेतो रङको स्कोर्पियो गाडीको पछाडिको सिटमा प्लास्टिकको जेब्रा झोला भित्र बिभिन्न पत्रिकामा ¥यापिङ गरी ३५ वटा प्याकेटहरुमा लुकाई छिपाई राखेको नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १२ सय एम्पुल, डाईजेपाम १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल गरी जम्मा ३५ सय एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका रमेश कुमार विगत लामो समय देखि नेपाल–भारत सीमानाबाट बुप्रिनर्फिन, डाईजेपाम लगायतका नियन्त्रित लागूऔषध नेपाल भिञ्याई काठमाडौँ तथा अन्य प्रमुख शहरहरुमा आफ्नो संजाल बनाई कारोबार गर्ने मुख्य व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष