अपराध सुरक्षा

नक्कली सुन देखाइ १० लाख ठगी गर्ने पक्राउ

नक्कली सुन देखाइ १० लाख ठगी गर्ने  पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाइ रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाइँ राख्नुहोस्, हामीलाई तपाइँसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेंलो धातुको ढिक्का दिइ रकम ठगेका थिए ।

महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ ।

विशेष