अपराध सुरक्षा

महिला भारत लगेर बेच्ने वडाध्यक्ष प्रहरीको फन्दामा

महिला भारत लगेर बेच्ने वडाध्यक्ष प्रहरीको फन्दामा


नुवाकोट। दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ ।

सीआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा रु पाँच लाख धरौटी राखी तामाङ रिहा भएका थिए ।

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

विशेष