अपराध सुरक्षा

बर्दियामा मृत गैडा फेला

बर्दियामा मृत गैडा फेला


बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

असारेगौडी उपभोक्ता समिती धौनिया प्रसेनीघाट नजिक बिहीबार दिउँसो गैँडा मृत अवस्थामा फेला परेको निकुन्जले जनाएको छ ।

पहिलो पटक रेडियो कलर जडान गरिएको गैंडा बूढो भएर प्राकृतिक मृत्यु भएको हुन सक्ने निकुन्जका सहायक संरक्षण अधिकृत बद्री बिनोद दाहालले बताए ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग, खुर लगायत सम्पूर्ण अगं सुरक्षित रहेको छ । गैँडाको पोष्टमार्टम भैसकेको र रिर्पोट आउन बाँकी रहेको निकुन्जले जनाएको छ ।

विशेष