यौन-शिक्षा

स्याउले बढाउँछ महिलाको सेक्स पावर

स्याउले बढाउँछ महिलाको सेक्स पावर

एजेन्सी । अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । तर, यसका बावजुद स्याम अरु धेरै काम आउँछ । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ ।

अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।

यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए । अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ ९एफएसएफआई० भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।

शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो । स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ ।

विशेष