अपराध सुरक्षा

लागूऔषध सहित २ पक्राउ

लागूऔषध सहित २ पक्राउ

सुनसरी । सुनसरी प्रहरीले नियन्त्रित लागूऔषध डाईजेल्याव २१ एम्पुल, लुप्रिजेसिक २१ एम्पुल र एभिल २१ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भरौले बस्ने २४ वर्षीय नविन राईलाई धरान उपमहानगरपालिका–१० बाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको बराह नगरपालिका–१ का १९ बर्षीय सन्दिप तामाङ र १९ बर्षीय अभिषेक गुरुङलाई प्रहरीले नियन्त्रित लागूऔषध २ सय ८४ ट्याव्लेट स्पास्मो सहित पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरु सवार को. ८ प ८५४४ नम्वरको मोटरसाइकललाई बराह नगरपालिका–१० मा जाँच गर्दा उक्त लागूऔषध बरामद भएको थियो । दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

विशेष