अपराध सुरक्षा

गाउँपालिका वडाध्यक्षकै चारवटा कोठी ‘यौनगृह’ ! कहाँ-कहाँ छन् ?

गाउँपालिका वडाध्यक्षकै चारवटा कोठी ‘यौनगृह’ ! कहाँ-कहाँ छन् ?

काठमाडौ । महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउपालिका १ का तीनजना पीडित महिलाले तामाङविरुद्ध ‘सिआईबी’मा जाहेरी दिएका छन्,
कहाँ कहाँ छन्?

प्रहरीका अनुसार तामाङले भारतका नयाँदिल्लस्थित जेवी रोडको, गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे, १५, कोलकाता र मुम्बाई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

विशेष