अपराध सुरक्षा

स्टोरमा सशस्त्र प्रहरीले नै आगो लगाएको पुष्टि

स्टोरमा सशस्त्र प्रहरीले नै आगो लगाएको पुष्टि

काठमाडौं । एक साता अगाडि सशस्त्र प्रहरीको मुख्यालयको स्टोरमा सशस्त्र प्रहरीका हवल्दारले आगलागी गराएको पुष्टि भएको छ । लेखा शाखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठले आगलागी गराएको अनुसन्धानमा खुलेको हो ।

आफू फस्ने डरले आर्थिक महत्वपूर्ण कागजपत्र जलाएको अनुसन्धान क्रममा खुलेको छ । उनले पेट्रोल छर्केर आगो लगाएका थिए । महानगरीय अपराध महाशाखाले मंगलबार उनलाई पक्राउ गरेको छ । श्रेष्ठले आफूले आगो लगाएको स्वीकारका अपराध महाशाखाले जनाएको छ ।

आगो लागेको स्टोर कोठामा आर्थिक कारोबारका महत्वपूर्ण कागजातहरु राखिएका थियो । जसका बारेमा अख्तियार अनुसन्धान आयोगले छानविन गर्दै आएको थियो । गत सोमबार राति १ बजे उक्त स्टोरमा आगलागी भएको थियो ।

विशेष