बैंकिङ

लक्ष्मी बैंकको भाइवर बैंकिङ सेवा सुरु

लक्ष्मी बैंकको भाइवर बैंकिङ सेवा सुरु

काठमाडौं । लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ । लक्ष्मी बैंक भाइवरको पब्लिभक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा विभिन्न सूचनाहरु सहजै रुपमा तत्कालै प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकले भाइवर सेवामार्फत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत थुप्रै विषय थाहापाउन सक्ने छन्। यसवाहेक बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशी मुद्राको विनिमय दर पनि भाइवरबाटै थाहा पाउन सक्ने लक्ष्मी बैंकले जानकारी दिएको छ ।

बैंकका ७४ शाखा, तीन हस्पिटल सेवा काउन्टर, ९५ एटिएम र २५ सयभन्दा वढि रेमिटेन्स र ४०० वढि मोबाइ एजेन्टहरु छन् । बैंकले सन् २००२ देखि नविनतम् प्रविधिको प्रयोग गरी बैंकिङ सेवा दिँदै आइरहेको छ ।

विशेष