शेयर बजार निरन्तर घट्दै

काठमाडौं । नेपाली सेयर बजारको परिसूचक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से २१.५३ अंकले घटेको हो ।
बजार उच्च अंकले घटेपनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा भने सुधार देखिएको छ । यसदिन ७५ करोड बढीको सेयर किनबेच भयो ।
बुधबार नेप्से २१.५३ अंकले घटेर १४२५.५१ अंकमा झरेको छ भने १५६ कम्पनीका १३ लाख ५६ हजार कित्ता सेयर ७६ करोड रुपैयाँमा किनबेच भएका छन् ।
बुधवार उत्पादन बाहेक सबै समूहका उपसुचकहरु घटेका छन् । यसदिन नेपाल लाइफ इन्स्योरेन्स संस्थापक सेयर सबैभन्दा बढी १० करोड ९९ लाख बराबरको कारोबार भयो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १० करोड बढीकै सेयर किनबेच हुँदा एभरेष्ट बैंकको ७ करोड बढीको कारोबार भयो ।
share market