अर्थ

बैंकरलाई पुरस्कार र विदेशी भ्रमणमा कडाइ

बैंकरलाई पुरस्कार र विदेशी भ्रमणमा कडाइ

काठमाडौं । केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने क्रम बढेपछि राष्ट्र बैंकले पुरस्कार र विदेश भ्रमणमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न नपाइने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान लिने र त्यसकै आधारमा उत्कृष्ट बैंकका रूपमा प्रचार गरी व्यवसाय विस्तार गरिरहेकाले नियन्त्रणका लागि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

विशेष