अपराध सुरक्षा

श्रीमानको चारओटा औला काटी पोलेर खाएको अभियोगमा महिला पक्राउ

श्रीमानको चारओटा औला काटी पोलेर खाएको अभियोगमा महिला पक्राउ

काठमाडौं । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ ।

पीडित चन्द्रबहादुरको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।

विशेष