अपराध सुरक्षा

तीन अर्बको लागुऔषध बरामद

तीन अर्बको लागुऔषध बरामद

काठमाडौं । नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको करोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ ।

त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ । यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो । त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँबराबरको बरामद भएको छ ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् । उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सयदेखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

विशेष