अपराध सुरक्षा

युवतीलाई वेश्यावृत्तिमा लगाउने रेष्टुरेन्ट सञ्चाल पक्राउ

युवतीलाई वेश्यावृत्तिमा लगाउने रेष्टुरेन्ट सञ्चाल पक्राउ

काठमाडौं । युवतीहरुलाई बेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् गोंगबुस्थित एक रेष्टुरेन्ट संचालक हेमन्त गैर र सोनु राईलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले बिहिबार पक्राउ गरेको हो ।

उनीहरुको रेष्टुरेन्टमा काम गर्ने एक युवतीले आफूलाई जर्बजस्ती बेश्यावृत्तिमा लगाएको जाहेरी दिएको अधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितले जाहेरी दिएपछि उनीहरुलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगंज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले बताए ।

गैरे र राईले रेष्टुरेन्टमा बेश्यालय चलाएको र काम गर्न राखिएका युवतीहरुलाई नै बेश्यावृत्तिम लगाउदै आएको प्रहरीले जनाएको छ । गोंगबु क्षेत्रमा बेश्यावृत्तिको आरोपमा पटक पटक होटल संचालक तथा कर्मचारीलाई पक्राउ गरेपछि जाहेरी नपर्दा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएर छाड्ने गरेको छ ।

विशेष