अपराध सुरक्षा

बत्तीस लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बत्तीस लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ३२ लाख रुपैयाँसहित शुक्रबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई शुक्रबार अपराह्न यो रकमसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिए । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । 

money

विशेष