अपराध सुरक्षा

श्रीमानले अति गरेपछि औला काटेर पोलेर खाएको महिलाको स्वीकारोक्ति

श्रीमानले अति गरेपछि औला काटेर पोलेर खाएको महिलाको स्वीकारोक्ति

दाङ । पश्चिम दाङमा पत्नीले पतिको औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पतिले जाँडरक्सी खाएर सधैं कुटपिट गर्ने गरेका कारण औंला पोलेर खाएको रिसमीले बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

आरोपितको बयानमा विश्वस्त हुन नसकेर घरमा औंला खोज्न गए पनि नभेटिएपछि पोलेरै खाएको निष्कर्षमा पुगेको बताइएको छ । रिसमीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

औंला काटिएपछि गम्भीर घाइते भएका पतिलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालजञ्ज पठाइएको प्रहरीले जनाएको छ । –राजधानी दैनिकबाट

विशेष