गुण्डा नाइके समिरमान बस्नेत पक्राउ

काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतमा पक्राउ गरेको हो । पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए । घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सो समितिले प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए।
sharadkumar gauchan samirman basnet