अपराध सुरक्षा

पोर्न फिल्म बनाउने भन्दै महिलालाई नांगेझार बनाउने पक्राउ

पोर्न फिल्म बनाउने भन्दै महिलालाई नांगेझार बनाउने पक्राउ


झापा । झापाको अर्जुनधारा–११ स्थित गिरीबन्धु टि इस्टेटमा दिदी–भाइलाई नाङ्गेझार बनाई लुटपाटमा संलग्न दुई जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

चिया बगानमा तस्बिर खिचिरहेका दिदीभाइलाई लुटेरा समूहले नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न भएका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

तस्बिर खिचिरहेका दिदीभाइलाई लुटेरा समूहले खुकुरी देखाएर कपडा खोल्न बाध्य पारेको प्रहरीले जनाएको छ । लुटेरा समूहका तीन जनामध्ये अर्जुनधारा–११ निवासी १७ वर्षीय विजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगीलाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार भएका छन् ।

इलाम घर भएका दिदीभाइ झापामा मितआमाको घर आएर इलाम फर्किंदै गर्दा गिरीबन्धु टि इस्टेटमा तस्बिर खिच्दै गर्दा लुटेरा समूहको फन्दामा परेका थिए ।

खुकुरी देखाएर सबै कपडा खोल्न बाध्य पारेका उनीहरूले तस्बिर र भिडियो खिचेर साथमा रहेको १२ हजार दुई सय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । लुटेरा समूहले थप एक लाख रुपैयाँ नदिए तस्बिर भाइरल बनाइदिने भन्दै धम्क्याएको थियो । पक्राउ परेकाहरूलाई प्रहरीले जबर्जस्ती करणी उद्योग र चोरी अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विशेष