यौन-शिक्षा

के तपाईलाई थाहा छ ? यी खानेकुराले अत्याधिक कामवासना बढाउँछ

के तपाईलाई थाहा छ ? यी खानेकुराले अत्याधिक कामवासना बढाउँछ

एजेन्सी । कतिपय मानसिहरु यौन चाहना नभएको भन्दै चिन्तित हुने गरेका छन् । उपचारका लागि स्वास्थ्य संस्थामा पनि धाउने गरेका छन् । कतिपय भने यस्ता विषयमा नखुल्ने हुनाले यस्ता समस्यामा सधै रुमल्लिरहेका हुन्छन् । 

शरीरलाई स्वस्थ राख्न र कामवासना बढाउन व्यक्तिले प्रयोग गर्ने खाने कुराले महत्वपूर्ण योगदान गरेका हुन्छन् । केही त्यस्ता खानेकुरा हुन्छन जसले कामवासना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन ।  नियमित रुपमा केरा खानाले कामवासना बढाउने विभिन्न अध्ययनले देखाएको छ । केरामा भिटामिन ए, बि, सी, पोटासियम लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ ।

भिटामिन बी र पोटासियमले शरीरमा सेक्स हर्मोन बढाउँछ । तसर्थ, केराको सेवनले पनि मानिसमा यौन चाहना बढाउन सहयोग गर्छ ।  त्यसैगरी, लसुनको नियमित सेवनले कामवासना बढाउँछ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्ने अध्ययनहरुले प्रमाणित गरेका छन् ।  कुरिलो प्रशस्त मात्रामा पौष्टिक तत्व भएको तरकारी हो । यसले पनि मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ ।

कुरिलोको तरकारी खादा शरीरमा रक्तसञ्चारलाई समेत नियमित र सन्तुलित गराउँछ ।  ओखर मानिसमा कामवासना बढाउने अर्को महत्वपूर्ण खानेकुरा हो । यससँगै, बदाम र काजुले पनि मानिसमा यौन चाहना बढाउन सहयोगगर्ने बताइएको छ ।  चकलेट खादा पनि मानिसमा यौन क्षमतामा वृद्धि हुने विज्ञहरुले बताएका छन् । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले शरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा सहयोग गर्छ ।  तराइमा पाइने घुँघीको सेवनले पनि मानिसमा यौनक्षमता बढाउन सहयोग गर्छ ।

अन्य सी फूडको सेवनले पनि मानिसमा यौनक्षमतामा वृद्धि गर्ने विज्ञहरुले बताएका छन् ।  यसैगरी, तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।  कतिपय मानसिले खुर्सानी त्यति मन पराउँदैनन् । तर, खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका निर्वाह गर्छ ।  त्यसैगरी, वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्ने गर्छ ।

विशेष