उत्तेजित हुँदा लिंग बांगाे हुनु 'नर्मल' हाे ?

लिंग उत्तेजित हुँदा यसमा बांगोपन आउँछ नै । उत्तेजित लिंग स्केलजस्तो सीधा त कदापि हुँदैन । केसँग तुलना गरी तपाईँले लिंग बांगो छ भन्ठान्नुभएको होला ? व्यक्तिपिच्छे लिंगको आकार फरक भएजस्तो लिंग दायाँ–बायाँ, तल–माथि जता पनि बांगिएको देखिन सक्छ । कतिपय युवामा कतै हस्तमैथुनको कारणले लिंग बांगो भएको हो कि भन्ने भ्रम हुनसक्छ ।
हस्तमैथुनसँग लिंगको बांगोपनको सम्बन्ध छैन, बरु ठिक्क मात्राको हस्तमैथुनले लिंगको मोटोपन एवं लम्बाइ बढाउन अप्रत्यक्ष सहयोग पुग्छ ।
मूल कुरा विवाहपछि पुरुषको लिंग बांगोभन्दा पनि यौनकार्यको अन्त्यमा दुवै जनाले यौन सन्तुष्टि पाए कि पाएनन् भन्ने हो । त्यसो त महिला पार्टनरको योनीमार्ग पनि कहाँ सीधा नै हुन्छ र ? महिला पार्टनर उभिएको बेलामा वा उत्तानो सुतेको बेला योनीमार्गको छड्केपना मोटामोटी ५० देखि ६० डिग्रीको हुन्छ । यसैकारण पुरुष लिंग बांगो हुँदैमा यौनसम्बन्ध राख्न समस्या हुने होइन । विभिन्न अध्ययनअनुसार प्रायः दम्पतीले महिला पार्टनर तल उत्तानो सुत्ने अनि पुरुष पार्टनर माथि खप्टिएर यौनसम्पर्क राख्ने गरेको पाइन्छ ।
एकाध दम्पतीमा जनावरहरुको यौनकार्यजस्तै महिला पार्टनरलाई घोप्टो पारेर पछाडिबाट यौनसम्पर्क राख्ने गरेको पाइन्छ । त्यसो भएर महिला पार्टनर उत्तानो अवस्थामा मात्र होइन, त्यसको ठीक उल्टो पछाडिबाट यौनसम्पर्क राख्दा पनि बांगो लिंगले खासै फरक पर्दैन ।
बरु पुरुष लिंगको थोरै बांगोपनले यौनसम्पर्कका क्रममा भगांकुर एवं योनीमार्गको अगाडिपट्टिको अति संवेदनशील क्षेत्र (जी स्पट) मा यथेष्ट मात्रामा घर्षण हुन मद्दत पुर्याई महिला पार्टनरलाई थप सन्तुष्टि एवं चरमसुख प्राप्त गर्न मद्दत पुर्याउँछ ।
किशोरावस्थामा मानसिक एवं संवेगात्मक परिर्वतनसँगै किशोरमा देखिने गरी यौनांगको आकार तथा मोटाइमा पनि परिवर्तन आउँछ । बांगो लिंगका कारण यौनका दृष्टिले आफू सक्षम भइन्छ कि भइन्न भन्ने चिन्ता लिने गरेको पाइन्छ । आफ्नो महिला पार्टनरलाई सन्तुष्टि दिलाउन सक्दिनँ कि भन्ने हीनताबोध हुनसक्छ । यसैले गर्दा मानसिक तनाव, मनोगत समस्या हुन सक्छ । तर, महिला पार्टनरको यौन आनन्दमा लिंगको आकारले खासै फरक पार्दैन । महिला पार्टनरले बढी यौन सन्तुष्टि प्राप्त गर्न लिंगको बनावटभन्दा पनि प्रेमपूर्ण क्रियामा भर पर्छ ।
त्यसैले गम्भीर प्रकृतिको बांगोपन नभएसम्म सच्याउने उपचार खासै आवश्यक छैन । लिंगको आकार र बनोटभन्दा पनि यौनकार्यअगाडि अन्य संवेदनशील यौनांगको स्पर्श, मायालु वातावरण, हल्का यौनिक छेडखानीले महिला पार्टनरलाई यौनसम्पर्क राख्न मानसिक रुपमा तयार गर्न सकेको खण्डमा अधिक यौन सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुराको हेक्का हुनु जरुरी छ ।
विशेषतः प्राक्क्रीडाको क्रममा महिलाको यौन संवेदनशील अंगहरुको पर्याप्त स्पर्श (घर्षण) हुनुपर्यो । भगांकुर, जी स्पटबाहेक यौनांग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ, स्तन, मुन्टा, अग्रभागमा रहेको मन्स भेनेरिस, नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र यौन संवेदनशील अंग हुन् ।
sex linga