पर्यटन

रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै

रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै

माघ १९ । रसुवाको थुमन गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ ।

भूकम्पले जिल्लाका अधिकांश क्षेत्रमा प्रभाव पारेपछि पर्यटक आगमन घट्दै आएकोमा पछिल्लो समय थुमनवासीले फेरि होटल व्यवसाय संचालन तथा घर निर्माण गरेसँगै थुमन गाउँ पर्यटकको गन्तव्यस्थल बन्दै गएको हो ।

गाउँमा आन्तरिक र वाह्य पर्यटकको चाप बढेसँगै होटल गर्ने व्यवसायीको संख्या थपिँदै गएको हो ।

तामाङ जातिको बसोबास रहेको यस गाउँमा तामाङ भेषभुषा तथा संस्कृति, प्राकृतिक सौन्दर्यता, स्वच्छ र रमणीय वातावरण अवलोकन गर्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन गराउने प्रचलन रहेको हुँदा पर्यटक थुमन पुग्न लालायित भएको स्थानीय व्यवसायी बताउँछन् ।

यस क्षेत्रको उच्च भूभागमा रहेको नागथलिबाट लाङटाङ र गोसाईकुण्ड क्षेत्र एवं चीनको हिमालको मनोरम दृष्यावलोकन नजिकैबाट गर्न सकिन्छ ।

तामाङ सम्पदा मार्गमा रहेको यो क्षेत्र स्याफ्रुबेसी गतलाङ तातोपानी हुँदै थाकथलीबाट ३ दिने पैदल यात्रामा यस क्षेत्रमा पुग्न सकिन्छ ।

Rasuwa

विशेष