अर्थ

देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने

देशभरका दुई हजार पुलमध्ये ८ सय जोखिममा, कुनै पनि बेला भत्किन सक्ने

माघ २० । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् ।

तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरु कुनै पनि बेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

‘जोखिमको अवस्थामा पुगेका मध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुलशाखा प्रमुख सरोजकुमार प्रधानले भने ।

सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ तर अधिकांश पुल निर्माण भएको ४० वर्ष पुरा भइसकेको छ । नयाँ पत्रिका

Pul

विशेष