अपराध सुरक्षा

अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक 

अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक 
माघ २० । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन् । जिपी कोइराला फाउन्डेसनद्वारा आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उहाँले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गरिन्। नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताइन् । कार्यक्रममा साइबर अपराधका जानकार एवम् प्रहरी नायब उपरीक्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराए । कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव उनले सुझाव दिए । उनले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिए । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उनले अाग्रह गरे । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । जिपी कोइराला फाउन्डेसनले युवालाई लक्षित गरी विकास, अपराध नियन्त्रणमा सचेतना, युवा सशक्तीकरणलगायतका विषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Sujata Koirala

विशेष