सुनको मूल्यमा वृद्धि, चाँदी यथावत

माघ–२० । बिहीबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तेजावी सुनको मूल्य ५५ हजार २ सय रुपैयाँ प्रति तोला तय गरेको छ ।
अघिल्लो दिन सुनको सुनको कारोबार ५५ हजार १ सय रुपैयाँमा भएको थियो । त्यस्तै छापावाला सुनको मूल्य ५४ हजार ९ सय रुपैयाँ प्रति तोला रहेको छ ।
महासंघका अनुसार चाँदी भने अघिल्लो दिनको मूल्यमै कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबार
चाँदी
सुन