अपराध सुरक्षा

सामूहिक बलात्कारपछि हत्या

सामूहिक बलात्कारपछि हत्या

माघ २१ । सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा सिन्धुली प्रहरीले ४ जनालाई बिहिबार पक्राउ गरेको छ ।

रानीबास डाँटीटोलकी १७ वर्र्षिया विनिता माझिको बलात्कारपछि हत्या भएको भन्दै उनका बाबु जिरेलले प्रहरीमा उजुरी दिएपछि निरोज माझि, अजय परियार पवन विक र रामजी खत्रीलाई पक्राउ गरिएको छ ।

पोष्टमार्टम रिपोर्ट आइनसकेकाले बलात्कारबारे अहिल्यै केही भन्न नसकिएको प्रहरीले बताएको छ । तर उनको शरीरमा घाउ र नीलडाम रहेको सिन्धुली प्रहरीले बताएको छ । उनलाई गत बुधबार निरोज माझिले फोन गरेर घरमा बोलाएर उनको बलात्कार गरेको उनका बाबुले बताएकाछन् ।

Rape Rape in Sindhuli

विशेष