अपराध सुरक्षा

सीके राउतलाई १० दिन थुनामा राख्न अादेश

सीके राउतलाई १० दिन थुनामा राख्न अादेश
माघ २१ । सीके राउतलाई अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्ने समय दिएको छ । मुलुक टुक्र्याउने अभियान चलाउँदै आएका सिके राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको हो । राज्य विरुद्धको संगठित अपराधमा बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । राउतविरुद्ध लागेको अभियोगको हिरासतमै राखेर अनुसन्धान गर्ने र प्रमाण जुटाउने भन्दै इलाका प्रहरी कार्यालय लहानले राउतलाई अदालतमा म्याद थपका लागि पेश गरेको हो । संगठित अपराध अन्तर्गतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ को अभियोग दर्ता गरिएको छ । राउतलाई प्रहरीले जनकपुरमा रहेको उनको कोठाबाट पक्राउ गरेको थियो । लामो समयदेखि भूमिगत रहेका राउतलाई लाहान लगिएपछि त्यहाँ सुरक्षा सतर्कता समेत बढाइएको छ । मधेसमा ‘स्वराज’ अभियान चलाइरहेका राउतलाई यसअघि २०७१ भदौमा पक्राउ गरी विशेष अदालतमा मुद्दा चलाएको थियो । पक्राउ परेको केही समयपछि धरौटीमा रिहा भएका थिए ।

CK Raut

विशेष