ओटोमोबाइल

नेपाली बजारमा भित्रियाे ‘नयाँ स्कोडा -यापिड’

नेपाली बजारमा भित्रियाे ‘नयाँ स्कोडा -यापिड’
माघ – २१ नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा -यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको -यापिडको पफर्मेन्स अझ परिस्कृत र १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनको रहेको कम्पनीले जनाएको छ ।
६ वटा एक्साइटिंग कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड)मा उपलब्ध हुने नयाँ स्कोडा -यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शोरुमहरुमा उपलब्ध हुनेछ ।
‘नयाँ स्कोडा -यापिडले नेपाली सेडानप्रेमीहरुको अपेक्षालाई पुर्ति गर्नेछ,’ काठमाडौंमा आयोजित विशेष समारोहमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने, ‘सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं । नयाँ स्कोडा -यापिडले गर्दा यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’
‘नयाँ स्कोडा -यापिड फेमिली कार हो जुन सहरी यात्राका लागि कम्प्याक्ट छ र लामो यात्राका लागि आरामदायी र स्पेसियस छ,’ एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने, ‘परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ -यापिडका विशेषताहरु हुन् ।’ स्कोडा अटोका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सन् २००८ देखि नेपालमा यो ब्रान्डको कारहरु विक्री गर्दै आएको छ । संसारकै सबैभन्दा पुरानो कार कम्पनीमध्ये पर्ने स्कोडा अटोको मुख्यालय चेक गणतन्त्रको म्लाहा बोलेस्लाब्मा छ ।

स्कोडा

विशेष