अपराध सुरक्षा

अनौठो प्रकारले चार किलो सुन र चार किलो चाँदी चोरी

अनौठो प्रकारले चार किलो सुन र चार किलो चाँदी चोरी
माघ - २१ । भरतपुर उपमहानगरपालिका वडा नम्बर–२ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा विहीबार राति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सीसी क्यामराको डीभीआर बक्ससमेत चोरी भएको जनाएका छन् । प्रहरीकाअनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्काे साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । पसलभित्रको सीसी क्यामराको डीभीआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सीसी क्यामरामार्फत् अनुसन्धान थालिएको उनले बताए । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढंगले यसको अनुसन्धान थालेको बताउँदै उनले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरे ।

सुनचाँदी चाेरी

विशेष