अर्थ

भन्सार छलेको बेरुवा औँठीसहित विमानस्थलबाट पक्राउ

भन्सार छलेको बेरुवा औँठीसहित विमानस्थलबाट पक्राउ
माघ–२२ । अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार दाहालले विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरेका थिए । ती सुनका औँठी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उक्त सुनको बजारमूल्य करिब चार लाख ६८ हजार छ ।

भन्सार छली सुन

विशेष