अपराध सुरक्षा

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
माघ - २२ । चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षकी लक्ष्मी भण्डारीको शुक्रबार राति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल पुर्याउँदा बाटैमा ज्यान गएको हो । मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो । प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । रासस

Death

विशेष