अर्थ

ह्याचरी संघले अाइतबारदेखि बोइलर चल्लाको मूल्य बढाउने

ह्याचरी संघले अाइतबारदेखि बोइलर चल्लाको मूल्य बढाउने
माघ - २२  । नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो । यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए। फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको सङ्ख्यामा समेत वृद्धि भएकाले माग बढेको उनको भनाइ छ । विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ । पछिल्लो समय बोइलर मासुमा समेत मूल्य वृद्धि भएपछि किसान यसतर्फ आर्किर्षत भएका हुन् । अध्यक्ष पौडेलका अनुसार चितवन जिल्लामा मात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ४० प्रतिशत चितवनमा मात्रै खपत हुन्छ भने, ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ । पछिल्लो समयमा चितवनमा अण्डाको मूल्यसमेत बढ्दै आएको छ । भूकम्पका बेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अण्डा व्यवसायी शिवराम केसीको भनाइ छ । नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ । चितवनलाई कुखुराको राजधानीको रुपमा चिनिन्छ ।

बोइलर चल्ला ह्याचरी संघ

विशेष