अपराध सुरक्षा

आफ्नैबाट असुरक्षित महिला

आफ्नैबाट असुरक्षित महिला

माघ २३ । गौरिशंकर हिमालको काखमा अवस्थित दोलखाको सौन्दर्यबाट जोकोही पनि मोहित हुन्छ तर यहाँका महिलको जीवनको क्रुर वास्तविकतालाई त्यो सौन्दर्यले छुन सकेको छैन ।

२०७२ साल बैशाख १२ के भूकम्पले पुर्याएको दोलखालाई त्यसलगत्तै आएको २९ वैशाखको पराकम्पनले निकै पिरोल्यो । इपिसेन्टर नजिकै भएकाले । राष्ट्रिय पुन निर्माण प्राधिकरणले राहतका लागि पहिचान गरेका यहाँका ६७ हजार परिवार मध्ये अधिकांश अझै टहरामुनी बस्न बाध्य छन् ।

जातीय विवधामुक्त दोलखामा साक्षरता दर निकै कम छ । जुन औसत राष्ट्रिय साक्षरता दर भन्दा कमी हो । हालैका वर्षमा जिल्लाबाट कामको खोजीमा ठूलो संख्यामा युवाहरु बाहिरिएका छन् । बाँकी रहेकाहरुमा मदिरापान र घरेलु हिंसाबाट अहम् देखिन्छनु । महिला साक्षरतका कारण उनीहरुको स्थितिमा सुधार आए पनि भूकम्प र बसाँइसराँइले परिवारकै सदस्य र छिमेकीबाट यौन दुव्यवहार बढाएको छ ।

जिल्लामा भूकम्पपछि महिला हिंसाका घटना झनै बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दोलकाका महिला सेलमा कार्यरत महिला प्रहरी नायब निरीक्षक सुदीप बस्नेत भन्छन् । तर भूकम्प पछि घटना बढेको हो वा पीडित अहिले खुल्न आएर बढेको हो भनि हाल्न नसकिने बताँउछन् । प्रहरीका अनुसार अर्थिक वर्ष २०७२-७३ मा जिल्ला प्रहरी कार्यालयमा परेका १४ वटा बलात्कारका उजुरीमध्ये तीन वटा परिवारका सदस्यको संलग्नता रहेको पाईएको छ । जबकी अघिल्लो वर्ष ७ वटा मात्र बलात्कारका उजुरी परेका थिए जसमा १ मात्र परिवारका सदस्य दोषी पाईएको थियो ।

हिंसामा परेका महिलाका लागि स्नेहकन्द्र आश्रयस्थल सञ्चालन गरिएको छ । आवाज नेपालकी सञ्चालिका सिर्जना कार्कीका अनुुसार वैदेशिक रोजगारीका कारण टुक्रिएको परिवार अत्याधिक रक्सी सेवन र पितृसतात्मक मान्यताका कारण बलात्कारका यस्ता घटना बढेको बताँउछिन ।

हिमाल साप्ताहिक

Mahila Hinsa

विशेष